vada
News

मुस्ताङमा ८३ वर्षीय वृद्धले जिते कोरोना

जोमसोम : काठमाडौंदेखि मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरो तिब्बती शरणार्थी शिवरमा आएका एक ८३ वर्षीय वृद्धले कोरोना मुक्तभइ जितेर मंगलबार घर फर्किएका छन् । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पुनः दोश्रो पटक गराइएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि प्रदेश जनस्वास्थ्यले उनलाई कोरोना मुक्त रहेको घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि काठमाडौंबाट छैरो शरणार्थी शिविरका २३ जनाको समूहसहित असार ३२ गते बसमा चढेर मुस्ताङ आउने क्रममा ८३ वर्षीय वृद्धलाई मुस्ताङ र म्याग्दीको सीमानाकामा कारोना परीक्षण-आरडीटी चेकजाँच गर्ने गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

तर बसमा सवार सबैको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो । उक्त बसमा सवार व्यक्तिमा उनका छोरी ज्वाइँ समेत थिए । ८३ वर्षीय वृद्धलाई मुस्ताङ भित्र्याउने क्रममा आरडीटी पोजिटिभ आएपछि उनीसँगै उनको सुसार रेखदेखका लागि ज्वाइँलाई पनि जोमसोम अस्पताल आइसोलेनमा राखिएको थियो ।

सीमानाकामा आरडीटी पोजिटिभ देखिएका शरणार्थी शिवरका व्यक्ति र बसका चालक÷सहचालक लगायतलाई घरमै १४ दिन होमक्वारेन्टाइनमा बस्न लगाइएको थियो। मुस्ताङको जोमसोम आइपुगेका ८३ वर्षीय वृद्ध र उनीसँगै बसेका ज्वाइँको नमूना स्वाब संकलन गरी असार २ गते पोखरा पठाइएकोमा असार ७ गते ८३ वर्षीय वृद्धको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो भने उनको ज्वाइँको भने नेगेटिभ आएको थियो ।

मुस्ताङमा गण्डकी प्रदेशकै ११ औं नम्बरमा कोरोना संक्रमित पुष्टि भएसँगै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति ( सीसीएमस) ले तत्काल छैरो शरणार्थी शिविरलाई सिल गरेको थियो। त्यसपछि कोरोना जितेका वृद्ध बस्ने बसका सवार सबैजनाको कन्ट्याक ट्रेसिङ तथा ट्राभल स्टोरी लिने काम भएको जिल्ला स्वास्थ्य कार्यालय जनायो ।

त्यसपछि असार १० गते संक्रमण पुष्टि भएका ८३ वर्षीय वृद्धसँगै बसमा सवार सबैजनाको स्वाब नमूना पोखरा पठाइएकोमा मंगलबार वृद्धसँगै सबैको रिपोर्ट नेगेटिभ आएको हो ।  यसक्रममा कन्ट्याक ट्रेसिङ गर्दा यसअघि कोरोना पुष्टि भएका वृद्धका ज्वाइँ भारतमा पढ्दै गरेकी छोरी त्यहाँ गएको बताइएको छ ।

बाँकी सबै काठमाडौं जोरपाटीस्थित शरणार्थी शिविर तथा केही भाडामा बस्दै आएको बुझिएको छ ।मंगलबार यसअघि कोरोना पुष्टि भएका ८३ वर्षीय वृद्ध नेपालकै पहिलो जेष्ठ कोरोना संक्रमित व्यक्ति भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि भएका ८३ वर्षीय वृद्ध कोरोनामुक्त भएको प्रमाणित गरेपछि जिल्ला सीसीएमसी ,स्थानीय सीसीएमसी लगायतको टोलीले खादा र फूल उपहार दिएर स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेको छ ।बिदाइ कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सुरक्षा निकायलगायत विदाइ गरेको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले बताए ।

आजै उनको अस्पताल आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए । योसँगै एक/एक जना कोरोना संक्रमित रहेको मनाङ र मुस्ताङ जिल्ला पुन: कोरोना मुक्त भएका छन् । सोमबार मनाङका एकजना कर्मचारी कोरोनामुक्त भएका थिए ।

Related Articles

Back to top button