vada
News

भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भक्तपुरकी एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा आज उनमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।

नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button