vada
News

शरीरमा कसरी फैलिन्छ कोरोना ? वैज्ञानिकले गरे यस्तो खुलासा !

काठमाडौं । नेपालसहित विश्वका २१३ वटा देश यतिबेला कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको छ ।

सारा विश्वका वैज्ञानिक तथा डाक्टरहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र लागि परेका छन् । तर अहिलेसम्म कुनै ठूलो सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच वैज्ञानिकले कोरोना भाइरस संक्रमितको शरीरमा संक्रमण कसरी फैलिन्छ भन्ने कुराको पुरा कुरा पत्ता लाग्न भने अहिलेसम्म सकेको छैन ।

येल स्कूल अफ मेडिसिन, बोर्ड इन्स्टिट्यूट, एमआईटी र हावर्ड यूनिभर्सिटीले एक शोधमा सार्स कोभ २ फैलिनको लागि सहयोग गरिरहेको जीन भेटेको दाबी गरेका छन् ।

वैज्ञानिकहरुले यस्तो एउटा जीनको बारेमा पत्ता लागएका छन्, जो भाइरसबाट संक्रमित कोशिकाहरुमा सार्स सिओभी-२ लाई फैलिन सहयोग गर्दछन् ।

वैज्ञानिकहरुले भनेको जो, शरीरमा रहेका जुन कोशिकाहरु प्रभावित हुन्छन्, उसले कोरोना संक्रमण फैलिने वा रोक्नका लागि जीनको काम गर्दछ ।

शोधकर्ताहरुले उक्त जीनलाई एडिटङ टूलको माध्यमबाट ‘CRISPR-CAS 9’ को सहयोगले ट्र्यास गर्ने दाबी गरेका छन् ।

बाँदरमा भयो रिसर्च

१७ जूनमा ‘BIORXIV’  पत्रमा छापिएको यो स्टडीका अनुसार सारा विश्वमा वैज्ञानिक कोरोना भाइरसलाई डिकोड गर्नका लागि लगातार अध्ययन गरिरहेको बताइएको छ । वैज्ञानिकहरुले यो शोध अफ्रिकन ग्रीन मंकीको कोशिकाहरुमा गरेका थिए ।

वैज्ञानिकले केहि जीन बाँदरको कोशिकाहरुमा राखे, र उसलाई कोरोना भाइरसबाट संक्रमित बनाए । त्यसपछि कुन जीन भाइरस फैलिन मद्दत गरिरहेको छ भन्ने कुरा ट्र्यास गरियो । यसलाई प्रो भाइरल भन्ने गरिन्छ । र कुन जीन भाइरससँग लड्नको लागि सहयोग गरिरहेको छ त्यसलार्य एन्टी भाइरल भन्ने गरिन्छ ।

भ्याक्सीन बनाउन सहयोग पुग्ने

शोधकर्ताहरुले यो स्टीबाट कोरोनाविरुद्धको भ्याक्सीन बनाउन सहयोग पुग्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button