राष्ट्रपति सी जिनसँग अनुहार मिलेपछि गायकलाई प्रतिबन्ध
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनुहार मिलेपछि गा’यक लिउ केकीङ प्र’ति’बन्ध’मा परेका छन्।
उनलाई चिनियाँ राष्ट्रपतिसँग अनुहार मिलेकै कारण सामाजिक संजालमा प्र’ति’बन्ध गरिएको हो। लिउको अनुहार राष्ट्रपति सीसँग धेरै हदसम्म मिल्छ। यही कारण चीन सरकारले उनलाई सामाजिक संजाल प्रयोग गर्न प्र’ति’बन्ध लगाएको चिनियाँ स’ञ्चा’रमा’ध्यमले जनाएका छन्।
उनलाई चिनियाँ राष्ट्रपतिको अनुहारको फाइदा उठाउन सक्ने भन्दै आ’शं’का’मा प्र’ति’ब’न्ध लगा’इएको हो। ६३ वर्षीय लिउलाई टिकटक भिडियो बनाउन पनि दिइएको छैन।
न्यूयोर्क टाइम्सका अनुसार लिउ जर्मनीको बर्लिनमा बस्छन्। तर उनी चिनियाँ नागरिक हुन्। उनले लगातार टिकटक भिडियो बनाउँदै आइरहेका थिए। टिकटकमा उनका ४१ हजार फलोअर छन्। तर उनको टिकटक अकाउन्ट गएको एक वर्षमा कयौँ पटक बन्द गरिएको छ। लिउले १० मेमा एउटा भिडियो पोस्ट गर्दै आफ्नो अकाउन्ट बन्द गरिएको बताएका थिए। उनको टिकटक अकाउन्टमाथि इमेज भायो’लेस’न’को आ’रोप लगाएर त्यसमाथि सेन्सर लगाइएको थियो।
उनले आफूले चीन सरकारलाई आफ्नो पहिचान बताइसकेको र अकाउन्ट फेरि खुल्ने प्रति’क्षामा रहेको बताएका थिए। तर, उनको यो पछिल्लो भिडियोमाथि पनि सेन्सर लगाइयो र सामाजिक संजालबाट ह’टाइयो।