vada
News

अब आफ्नो ड’र ह’टाउन सबैले पैसा ति’रेर को’रोना परीक्षण गर्न पाइने,

काठमाडौं-  को’रोना भा’इरस शरीरमा नभए पनि मष्तिष्कमा म’हामारीको रुपमा बसेको छ । संसारभरी म’हामारी फैलिएकोले र सूचनाका बाढीका कारण मानिसमा मनोवैज्ञानिक आ’तंक बढिरहेको छ । यस्तो बेला आफूलाई को’रोना छ कि छैन भन्ने चासो सबैमा हुनु स्वभाविक नै हो । यही अवस्थालाई मध्यनजर गर्दै को’रोना भा’इरस सं’क्रमणको लक्षण नदेखिएकाले पनि अब पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा यो जानकारी दिए । उनले जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताउँदै भने, ‘विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने व्यवस्था गरेका छौं ।’

यसअघि सरकारले लक्षण देखिएका, सं’क्रमित देशबाट आएका, सं’क्रमितको सम्पर्कमा पुगेका मानिसलाई मात्रै को’रोना परीक्षण गर्न पाउने निर्देशिका जारी गरेको थियो ।

Related Articles

Back to top button