vada
News

को’रोना संक्र’मणबारे जान्नै पर्ने तथ्यहरु

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ/ को’रोना संक्र’मण कसरी सर्छ ? कति ख’तरनाक छ ? मृ’त्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु |

– अधिकांश को’रोना संक्र’मित महिलाले जन्माएको शिशुलाई को’रोना सं’क्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई को’रोना सर्दैन | को’रोना स्वा’श्प्रश्वास भा’इरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित सं’सर्ग भएमा शिशुलाई को’रोना संक्र’मण सर्न सक्छ | तर सबैलाई सर्दैन | नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो |

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट को’रोना भाइ’रस सरेको देखिएको छैन | को’रोना भा’इरस स्वाश्प्रश्वासजन्य भा’इरस भएकोले लामखुट्टे / झिंगाको टोकाइबाट सर्दैन |

– खानाबाट को’रोना भा’इरस सर्ने सम्भावना कम हुन्छ | को’रोना भाइ’रसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा को’रोना भा’इरस सर्ने सम्भावना न्यून हुन्छ |

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ |

– मास्क सहि तरिकाले नलगाएमा को’रोना सं’क्रमण सर्ने डर हुन्छ | त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून : प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ |

– सं’क्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा को’रोना भा’इरस सर्दैन | कोरो’ना भा’इरस सर्नको लागि १००० – ३००० भा’इरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ | यसको लागि या त संक्र’मित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ | अन्यथा छोंटो समयको सम्पर्कले को’रोना भा’इरस सर्दैन |

– को’रोना भा’इरस हावाबाट सर्दैन | ६ फिटको दुरी कायम गरेमा को’रोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरो’ना भा’इरस सर्ने सम्भावना हुन्छ |

– कमन सौचालय प्रोग गर्दा को’रोना संक्र’मण सर्ने सम्भावना हुन्छ | यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्र’मणरहित बनाउनुपर्छ | साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ | त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ |

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले को’रोना भाइ’रसलाई १० फिटसम्म फ्याँक्न सक्छ | अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असु’रक्षित हुने भनेको छ | तसर्थ सं’क्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधा’नीपूर्वक प्रयोग गर्नुपर्दछ | सं’क्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन |

– धेरै सुचना लिएर को’रोनाबाट बच्न सकिंदैन | धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ | तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ | टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ | जसले थप तनाब उत्पन्न हुन्छ |
.
– को’रोना सं’क्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ | त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ |

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्र’मण सार्न सक्छ | कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो | १-२ जनलाई संक्र’मण भएका परिवारमा परिवारका सबै सदस्यलाई सं’क्रमण सर्दैन | एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन | को’रोना सं’क्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ | त्यस्तै रो’गप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ |

– बालबालिका जो’खिम बर्गमा पर्दैनन् | तर उनीहरुबाट आफ्नो घरका जो’खिम उमेरका व्यक्तिलाई सं’क्रमण सार्न सक्छन |

– को’रोना सं’क्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन | हाल लक्षणविहिन को’रोना सं’क्रमण धेरै देखिएको छ | त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ |

– को’रोना सं’क्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन | अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ | आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्व’रो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ % सं’क्रमितलाई निको हुन्छ | लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ |

– को’रोना सं’क्रमण हुँदैमा मृ’त्यु हुँदैन | ८५ % संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | मुटुको रो’ग, किड्नीको रो’ग, फोक्सोको रो’ग, अटोइम्युन डिस्अर्डर, क्या’न्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ | मृ’त्युदर जम्मा ३ % हुन्छ |

– को’रोना भा’इरस अत्यन्तै घा’तक भा’इरस हैन | सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रो’गभन्दा यो निकै कम घा’तक छ |
– सं’क्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २-३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ |

– को’रोना भा’इरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा ख’तरा हुन्छ | तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले को’रोना संक्र’मणबाट बच्न सकिन्छ |

– हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भा’इरस लामो समय रहँदैन | साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भा’इरस निस्क्रिय हुन्छ |

– नेपालमा मृ’त्यु भएको पहिलो बिरामीलाई सुरुमा PCR Test गरेर प्रसव गराएको भए आ’इसीयुमा राखेर बचाउन सकिन्थ्यो | दोस्रो केसको हकमा पनि सुरुमा test गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल / सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो |

– सं’क्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्था’बाट सहयोग पाउनेछौं | चीन लगायत धेरै देशमा को’रोना सं’क्रमण काबुभित्र आइसकेको छ | यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् |

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button