vada
News

भैंसी चराउन गएकी कञ्चनको यस्तो अवस्थामा भेटियो शव

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका मृतावस्थामा फेला परेकी छिन् । वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी बुधवार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ । उनको शव पोष्टमाष्र्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

स्थानीयले बालिकाको करणीपछि ह/त्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएका छन् । मृतक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मजदूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पोषण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति विपन्न पजियारको घरमा यतिबेला शोकमा डुबेको छ भने, गाउँलेहरु आ/क्रोशित बनेका छन ।

Related Articles

Back to top button