vada
News

४ मिनेटको अन्तरमा दुई कोरोना संक्रमितको मृ ’त्यु

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमित मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर ४६ मिनेटमा मृ’त्यु भएको थियो।
त्यसको ४ मिनेटपछि १२ बजेर ५० मिनेट जाँदा गुल्मीको रेसुगा नगरपालिका वार्ड–१ का ६६ वर्षीय पुरुषको मृ’त्यु भएको थियो।
तिलोत्तममा नगरपालिका पुरुषमा यही २ गते कोरोना संक्रमण भएको थियो। अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई ज्वरो आउने,दम,मधुमेह रोग समेत रहेका थिए।
यस्तै गुल्मीका पुरुषको कार्तिक २८ गते कोरोना पोजेटिभ भएको थियो। दुवै जनाको उपचार गर्दागर्दे मृ’त्यु भएको डा. गौतमले बताए।

Related Articles

Back to top button