vada
News

श्रीमती बितेकाे १ वर्षमै श्रीमानकाे पनि भीरबाटै खसेर मृ*त्यु, ५ नाबालककाे बिचल्ली

अछाम, २० असार । अछामकाे रामाराेशन गाउँपालिकामा भीरबाट खसेर एक युवककाे ज्यान गएकाे छ । वडा नम्बर ५ का ३६ वर्षीय लाेकेन्द्र राेकायाकाे शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएकाे हाे ।

बिहान घाँस काट्न गएकाे बेला उनकाे घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएकाे रामाराेशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयाे ।उनकी श्रीमतीकाे पनि गत वर्ष भीरबाट खसेरै ज्यान गएकाे छ । लाेकेन्द्र खसेकाे भन्दा केही तलकाे भीरबाट खसेर उनकी श्रीमतीकाे ज्यान गएकाे थियाे ।

अामाबुवा दुबैकाे भीरबाट खसेर ज्यान गएपछि उनकाे ५ जना नाबालक छाेराछाेरीकाे बिचल्ली भएको छ । १ छाेरा र ४ छाेरी रहेका उनीहरूकाे एक मात्र सहारा वृद्ध अवस्थामा रहनुभएकी हजुरअामा मात्रै रहनु भएको छ । उनकाे अवस्था पनि निकै कमजाेर रहेकाे उनका अाफन्त डम्बर राेकायाले बताउनुभयाे ।

Related Articles

Back to top button