vada
News

प्रेमिकासँगै नहरमा हा’म फा’लेका सैनिक जवान मृ’त भेटिए

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित नहरमा प्रेमिकासँगै हाम फालेका एक युवक शनिबार मृ’त भेटिएका छन्। शुक्रवार दिउँसो भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा हाम फालेका थिए। हामफालेका दुईमध्ये युवतीको तत्कालै सकुसल उद्धार भएको थियो भने युवक बे’पत्ता थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार नहरमा प्रेमिकासंगै हाम फा’लेका रोकेशको २२ घण्टापछि शनिवार बिहान श’व भेटिएको हो प्रहरीको वि’पद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोलीले हाम फा’लेको स्थानबाट केही तल युवकको श’व फेला पारेको हो।

प्रहरीका अनुसार नहरमा सँगै हा’म फा’लेका युवायुवती प्रेम सम्बन्धमा रहेका थिए। मृतक २३ वर्षीय राकेश चौधरी नेपाली सेनामा कार्यरत थिए। उनी बिदामा घर आएका थिए। युवती भने अध्ययरत रहेकी थिइन्। उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार युवतीले हामफालेपछि युवकले पनि नहरमा हा’म फालेका थिए। प्रेममा केही खटपट आएपछि घटना भएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘लामो समयदेखि प्रेम सम्बन्धमा रहेछ, दुवैबीच केही खटपट परेकाले घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाउँछ’, डिएसपी थापाले भने, ‘घ’टनाबारे थप अनुसन्धानबाट खुल्ला।’ उनका अनुसार युवायुवतीको घर परिवार, जीवितै उद्धार गरिएकी युवती लगायतसँग सोधपुछ चलिरहेको छ।

Related Articles

Back to top button