vada
News

खोकनाको ‘रोपाइँ’मा प्र’हरी र स्थानीयबासीबीच झ’डप

२० असार, काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ ।झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले वि’रोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट त’नाव थियो । स्थानीय बासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन् । थप टोली बोलाएर प्र’हरी अगाडि बढ्न खोजेपछि झ’डप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही ‘प्रहरी घा’इते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ -भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अति’क्रमण गरेको भन्दै वि’रोध गर्दै आएका छन् । उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियान सहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् ।

सम्पदा तथा संस्कृति बचाउ अभियान का अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसान को जमिन हडप्ने सरकारी नीतिको वि’रुद्ध आ’न्दोलित हुनुपरेको बताउँछन् । उनले खोकनाको किसान र बासिन्दा माथि अन्याय भएको भन्दै विकासका नाममा खोकनाको अस्तित्व मेट्ने गरी भइरहेका कामको वि’रोध जारी राखिने बताए । ‘हामी खोना बचाउन अन्तिमसम्म लडिरन्छौं,सीमा रक्षा गर्न नसक्ने सरकारले देशका गरिब जनतको भूमिक लट्न पाउँदैन,’ श्रेष्ठ भन्छन् ।

Related Articles

Back to top button