vada
News

काठमाडौंमा ३ वर्षीय बालकमा कोरोना संक्रमण, काठमाण्डौको यो ठाउमा बस्थे यी बालक !

लमजुङ । काठमाडौंमा बस्दै आएका एक ३ वर्षका बालकमा पनि कोरोना पुष्टि भएको छ । उनी लमजुङका उनी आफ्ना परिवारका साथमा काठमाडौं महानगरपालिका वडा नं। १६, वनस्थली बस्दै आएको बताइएको छ । तर उनीहरु काठमाडौंमा कहिले देखि बस्दै आएका हुन् भन्ने कुरा भने खुलेको छैन । ति बालक काठमाडौंमै रहेको बेलामा कोरोना पुष्टि भएको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मुलुकभरको कोरोनाको अवस्थाका बारेमा दिएको जानकारकिा क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । यो जानकारी संगै लमजुङमा पहिलो पटक कोरोना पुष्टि भएको बताइएको थियो । तर ति बालक परिवारका साथ काठमाडौंमै रहेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि आफुहरुले खोजी गर्दा उनी काठमाडौंमै रहेको बुझिएको बताएका छन् । ति बालकको कोरोना परिक्षण शुक्रराज ट्रपिकल अस्पतालमा गरिउको थियो । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

त्यस्तै यस अघि महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वृत प्रमुख रुगम कुँवरले एक जना नायब निरीक्षक-सई र एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि गरे। वृत, त्योसँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको कुँवरले जानकारी दिए। र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो।

दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ। अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुने बताए। मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।

Related Articles

Back to top button