vada
News

दुबईबाट तस्करी गरिएको ३२ किलो सुन सहित १४ पक्राउ, ब्याट्रीमा लुकाएर ल्याइएको थियो

काठमाडौं। भारतको राजस्थान राज्यको राजधानी जयपुरमा ठूलो परिमाणमा अवैध सुन जफत गरिएको छ । जफत गरिएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा २५ करोड नेपाली रुपैयाँ बराबर पर्ने बताइएको छ । ट्याक्स स्क्यानका अनुसार १४ जना तस्कर पनि पक्राउ परेका छन् । सुन युएइको दुबइबाट ल्याइएको बताइएको छ ।

सुन इमरजेन्सी लाइटको ब्याट्रीमा भरेर ल्याइएको थियो । तस्करहरुले इमरजेन्सी लाइटभित्र सुनका बिस्किट लुकाएर राखेका थिए । पुलिसका अनुसार जयपुर विकानस्थलमा समातिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो तस्करी हो । कस्टम विभागले तीन छुट्टाछुट्टै उडानबाट आएका १४ तस्करलाई पक्राउ गरेको छ ।
source:DCnepal

Related Articles

Back to top button