vada
News

रक्सौलको क्वारेनटाइनमा रहेका करिब २ सय नेपालीलाई खुशीको खबर

वीरगञ्ज ।

लकडाउनका कारण भारतमा रोकिएर रहेका करिब २ सय नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी भइरहेको छ ।कामको सिलसिलामा भारतमा बस्दै आएका नेपालीहरु लकडाउनले गर्दा वीरगञ्जसँग सिमाना जोडिएको रक्सौल क्षेत्रको क्वारेन्टाइनमा बसेका करिब २ सय नेपाली नागरिकहरुलाई बुधबार स्वदेश फिर्ता ल्याउने तयारी गरिएको हो ।

वीरगञ्जस्थित भारतीय महाबाणिज्य दूतावास र जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा उनीहरुलाई ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी गराएको हो ।

उनीहरुलाई ल्याइसकेपछि केही दिन क्वारेनटाइनमा राख्नुपर्ने भएकोले वीरगञ्जमा क्वारेन्टाइन बनाउने काम अन्तिम चरणमा पुगेको हुनाले उनीहरुलाई बुधबार नेपाल ल्याउन लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पर्सालगायत २५ जिल्लाका नेपालीहरु रक्सौलमा भारतीय पक्षले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई नेपाल

Related Articles

Back to top button