vada
News

६ लाख खर्चेर धुमधाम बिबाह गरेर भित्र्याएकि बेहुली सुहागरात नै मनाउन नदिई टाप

बुटवल । गायिका अञ्जु पन्तको- ‘माया एउटासंग बिबाह अर्कोसंग’ बोलको गीतले थुप्रै युवा धड्कनको आत्मासात गरेको छ । उक्त गीत आत्मासात गर्ने पछिल्ला युवा धड्कन हुन, गुल्मीका एक जोडी । उनीहरु हुन रेसुङ्गा नगरपालिका–६ नेटाखर्ककी २३ वर्षिया ललिता बिक र गुल्मी दरवार गाउँपलिका–७ चारपाला काफलचौरका २७ वर्षिय करन सुनार । उनीहरुबीच असोज–२७ गते धुमधामसंग मागी बिबाह भएको थियो ।

यता माईतीमा नयाँ छोरी ज्वाँई पहिलो बर्ष दशैको टिका थाप्न आउने भनेपछि तयारीका लागि भ्याई नभ्याईमा थिए । तर दुर्भाग्य बाबु आमाको त्यो खुशी र दशैंको उत्साहमा निरासा हुन पुग्यो । बिबाह गरेको ५ दिन नबित्दै छोरी नव बेहुलालाई छाडेर बे’पत्ता भईन । दशैंको संघार देखि अहिले अन्तिम सम्म दुबै परिवारजन उनको खोजीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाई रहेका छन । ललिताका दाजु हिमाल बिकका अनुसार उनी छिमेकी सागर परियार संग भागी बिबाह गरेर भागेको एसएमएस आई सकेको छ । फोनमा कहिले बुटवलमा त कहिले काठमाण्डौ भन्ने गरिएका छन्।

यसै समाचारदाताले फोन गर्दा सागरले फोन उठाए । उनले भने–” म अहिले मिक्सीङ्गमा ब्यस्त छु, तपाई खै को हो मैले चिनिन ।”अर्को पटक फोन गर्दा उठाएनन् । दाजु हिमाल भन्छन– ”बहिनी र सागरबीच लभ थियो भन्ने हामीलाई थाह भएको भए हामीले बिबाह गराई दिने थिएनौं । करनजी र हामी पहिल्लै देखिका नातेदार हौं, उहाँहरु माग्न आएपछि हामीले केटा केटीलाई सम्मुख बनाएका थियौं । बहिनी बिबाहका लागि राजी भएपछि कुरा छिनिएको थियो ।’सागरले अघि थपे , सम्पर्कमा आउन नचाहेपछि हामी दुबै परिवार प्रहरीको सहारा लिन आएका हौं ।”

Related Articles

Back to top button