खुर्सानी टोक्दै बामदेवले भने: म ओली कै मान्छे हुँ, आजीवन उहाँकै पक्षमा लाग्ने छु!
काठमाडौं। शुक्रबार बेलुकी नेकपा उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीमा पूर्व एमाले नेताहरुको डिनर मिटिङ आयोजना भयो।
समूमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु सहभागि थिए। ओली र प्रचण्ड–नेपाल दुरी बढी रहेका बेला गरिएको भोजनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
शुक्रबार ओली समूह सक्रिय देखियो। मिटिङमा सहभागि नेताहरुले गौतमलाई ओली कित्तामा आउँन आग्रह गरेका थिए। स्रोतका अनुसार गौतमले खाना खाइरहेका बेला खुर्सानी टोक्दै भने – “म ओली कै मान्छे हुँ। आजीवन उहाँकै पक्षमा लाग्ने छु। यसअघि पनि मैले नै उहाँलाई यो ठाउँमा पुर्याएको हुँ।”
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।
उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।