vada
News

मध्यरातमा काठमाण्डौंमा १२ वटा माइक्रोबस आगोलागी

काठमाण्डौं – काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा १२ वटा माइक्रोबस जलेको छ । काठमाण्डौको नयाँ बसपार्कस्थित ग्यारेजभित्र १२ वटा माइक्रोबस आगोलागीमा जलेको अवस्थामा भेटिएको हो । एकैठाउँमा रोकेर राखेको १२ वटा माइक्रोबसमा आगलागी भएको प्रहरीले पुष्टि गरेको हो ।

पार्किङ गरि राखिएको बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको महानगरीय प्रहरी बताएको छ ।

प्राप्त जानकारी अनुसार बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ । पार्किङमा राखिएका सवारीमा कसरी आगलागी भयो भन्ने बारे खुलेको छैन । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको देखिन्छ । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने बताएको छ ।

Related Articles

Back to top button