vada
News

यि नेपाली चेलीले अस्ट्रेलियामा चक्कु देखाएर लखेटिन लुटेरालाई

काठमाडौँ। नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र सिड्नीकाे अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर सिड्नीभर चर्चा पाएको छ।

रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो।एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।

उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन। हेर्नुहोस कसरि लखेटिन उनले ?

Related Articles

Back to top button