vada
News

काठमाडौँका २७ सहित उपत्यकामा ३० कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ३० जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको बताए।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ५ जनामा कोरोना पोजिटिभ आएको बताए।

Related Articles

Back to top button