vada
News

कोरोना महामारीबाट नेपालमा थप एक २९ वर्षीय युवकको मृत्यु

काठमाडौं । कोरोना महामारीबाट नेपालमा ज्यान गुमाउनेहरुको संख्या ३५ पुगेको छ । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै संख्या बढेको हो । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको थियो । जानकारी अनुसार मृतक युवक केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको पनि खुल्न आएको छ ।

Related Articles

Back to top button