यी जोडीले चार बर्ष सम्म गरे प्रेम तर बिबाह गरेको ४ दिनमै वेहुला रेलको अगाडि कुदेर जिवन त्या गे , वेहुलीले लगाइन पा’सो
काठमाडौँ । बिबाह मानिसको जिवनको एक निकै महत्वपूर्ण पाटो हो । विवाह विनाको जिवन एक्लो हुन्छ भन्ने मान्यता राखिन्छ । तर कसैलाई यहि विवाहले जिवन वोझ बनाउँछ । त्यसैले निकै नराम्रो निर्णय गर्छन ।
भारतमा हालै एउटा त्यस्तै घटना भएको छ । विवाहको ४ दिनपछि एक जोडीले देह त्याग गरेका छन् । श्रीमानले रेलको लिकमा गएर देह त्याग गरेपछि श्रीमतीले पनि संसार छोडेकी छन् । यो घटना पछि अहिले भारतमा निकै चर्चा भएको छ ।
दिल्ली नजिकै रहेको गाजियाबादमा प्रेम विवाह गरेको एक जोडीले चारदिन पछि देह त्याग गरेको घटना भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरीरहेको छ ।
विवाहको चार दिन पछि पतिले रेलको अगाडि कुदेर देह त्याग गरेका थिए । भर्खर विवाह गरेका वेहुलाले देह त्याग गरेको जानकारी पाएकी वेहुलीले पनि पा’सो लगाएकी छन् । ४ वर्षसम्म प्रेममा रहेको त्यो जोडीले चारदिन अघि मात्रै विवाह गरेको थियो।
बिसाल नामका ती बेहुलाले गोविन्दपुरम क्षेत्रमा रहेको कोचिङ सेन्टरमा कमर्स पढाउने गरेका थिए। निशा नामकी बेहुली नेशनल कम्पनीमा एचआर म्यानेजर थिइन्।
उनीहरुको विवाह दुबै पक्षका परिवारको मन्जुरीमा जून २९ मा विवाह गरेका थिए। विवाहमा दुबै निकै खुसी थिए। उनीहरुले सबै रिती रिवाजका साथ विवाद गरेका थिए। जसको एक भिडियो पनि सार्वजनिक भएको थियो। दुबैले किन यस्तो निर्णय गरे भन्ने बारेमा केही खुलेको छैन्। प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको जनाएको छ।
विवाह भएको चार दिन पछि विवाहको सबै प्रकृया सकिएको थियो । उनी सबै प्रकृया सकिएपछि घरमा कसैलाई केही नभनेर घरवाट हिँडे । तर साँझ सम्म पनि घर फर्किएनन् ।
परिवारका सदस्यले उनको खोजि सुरु गरे । फेरी पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरे । प्रहरीले त्यसको केही बेरमै विशालको फोटो लिएर गयो । अनि खोजि सुरु गरेपछि केही वेरमै रेलको लिकमा मृ’त खवस्थामा फेला परेको थियो ।
विशालको अन्तिम संकार सकेर निशालाई माइत लगियो । उनी वेहुलाको निधनले निकै चुपचाप थिइन् । कसैसंग बोलेकी थिइनन् । माइत गएको केही दिनमै उनले पनि संसार छोडिन् ।