vada
News

दशगजा क्षेत्र मिचेको पुष्टि भएसँगै भारत पछि हट्यो, बाँध भत्काउन सहमत

रौतहट । सीमा क्षेत्रको दशगजा मिचेको पुष्टि भएसँगै बनाइएको बाँध भत्काउन भारत सहमत भएको छ । रौतहटको इशनाथ नगरपालिका–१ बन्जरहास्थित दशगजा क्षेत्र मिचेर बनाएको अस्थायी बाँध भत्काउन भारत सहमत भएको हो । नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएपछि भारत सो बाँध भत्काउन सहमत भएको हो ।

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि भएपछि दुई देशका सुरक्षाकर्मीको समन्वयमा दशगजमा परेको बाँध भत्काइएको हो । नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेका बेला दशगजा क्षेत्र मिचेर बनाइएको बाँध भत्काउन भारत राजी भएको हो ।

Related Articles

Back to top button