vada
News

प्रधानमन्त्री ओलिलाइ ख,तरा : कस्ले समा,प्त गर्न खोज्दै छ ओलिलाइ ? यो हेर्नुहोस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट ह’टाउन देशी/विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए।

सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रे’ट महसुस गरी योजना बनाइरहेका छन्। जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

Related Articles

Back to top button