News
जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने सरकारको तयारी
काठमाडौं – सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ ।
को’रोना भाइ’रसको संक्र’म’ण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।
राजधानी लगायत देशभर नै को’रो’नाको सं’क्र’मण बढ्दै गएको तथा सवारी दु’र्घ’टना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न लागिएको हो ।
सरकारले चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नि’यम ल्याएको थियो ।
असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।
निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन ।