vada
News

पाटन अस्पतालमा मृत्यु भएका गाेरखाका एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २३ असार । उपचारको क्रममा गएराति पाटन अस्पतालमा मृ’त्यु भएका एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिकाका ती युवकलाई पाटन अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

घरमै झुण्डिएको अवस्थामा सिकिस्त भेटिएका उनलाई पाटन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको गएराति उपचारकै क्रममा मृ’त्यु भएको र मृ’त्युपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ । उनी के कारणले झुण्डिएका थिए भन्नेबारेमा भने प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button