vada
News

आज दिउँसो ३ः३० बजे बसमा आ, गलागी,५३ ज, नाको मृ, त्यु,। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर

एजेन्सी । यात्रुवाहक बसमा आ, गलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ ज,नाको मृ,त्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् । “दु,र्घ,टनामा परी मृ, त्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने ।

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दु, र्घटनामा परेको बसमा ७० सिट रहेको थियो । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दु, र्घटना भएको देखिएको छ ।

Related Articles

Back to top button