vada
News

धादिङमा ठक्करबाट घाइते महिलालाई एक्स्काभेटर चालकले जिउँदै खाडलमा पुरे

काठमाडौ । धादिङमा घाइेत अवस्थाकी एक महिलालाई एक्स्काभेटरले जि उँदै पुरेपछि वि वाद सुरु भएको छ । सोही एक्स्याभेटरले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । उनलाई पुरेर चालक फरार भएका हुन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा घटना भउको हो । घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई स्क्याभेटरले ठक्कर दिएको थियो ।

एस्क्याभेटरले ठक्करपछि कुमाल खाल्डोमा खसिन् । घाइते अवस्थाकी महिलालाई उद्दार गर्नुको साटो चालकले वरपरको माटो खनेर महिलालाई त्यही खाल्टोमा पुरेका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले सो घटना देखेपछि घटना बाहिर आएको हो । ‘एक्स्काभेटरले मान्छे पुर्‍यो’ भन्दै बसका यात्रुले हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

आवाज सुनेर सडक मजदुर घटनास्थल आउँदा महिलाको निधन भइसकेको थियो । तिनै मजदुरले खा ल्डो ख नेर कुमालको शव झिकेका थिए । सल्यानटारस्थित इलाका प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको छ । सब–इन्स्पेक्टर भानुभक्त आचार्य शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताए ।

घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा आगजनी गरेको थियो । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारबाही हुनुपर्ने स्थानीयको माग छ । तर घटनालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अझै पक्राउ पर्न सकेका छैनन् ।

Related Articles

Back to top button