vada
News

३ जना युवकले संगै लागेका थिए सम्झनालाई

काठमाडौ । एक महिना अघि देखि हराएकी गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहरा मृत फेला परेकी छन् । उनको सासुको पनि रहस्यम निधन भएको थियो । सासुको निधन भएको एक महिना पछि बुहारी पनि मृत फेला परेकी हुन् । बुहारी सम्झनालाई घरमा आएका तीन जना युवकले संगै लिएर गएको स्थानियले बताएका थिए ।

उनले घटना हुनु अघिल्लो दिन म अब हजुरको छोरासंग भेट हुन पाउँदिन होला भनेर सासुलाई समेत भनेको गाउँलेले बताएका छन् । त्यही रात तीन जना युवा घरमै आएको र रातभरी उनीसंगै र क्सी खा एर बसेर भोली पल्टै सम्झनालाई पनि साथमै लिएर गएको स्थानियको भनाई छ ।

‘बिहान रुखबाट घाँस झार्न लागेको बेलामा एक जना स्थानियले सम्झनाको शव फेला पारेका थिए । छिमेकी लालबहादुर खत्रीले घाँस झार्न लागेको बेला नराम्रो गन्ध आएको थाहा पाएपछि स्थानिय जनप्रतिनिधिलाई बोलाएका थिए ।

उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने । घरनजिकै सय मिटर अगाडि झा डीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ ।

सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो नभएको जनाइएको छ । सम्झनाले श्रीमानले प्रायः हा त पा त गरिरहने बताउने गरेकी थिइन् ।

२९ गते साँझ ५ बजेतिर उनी सासुले घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । उनका १६ महिनाका छोरा छन् । सम्झना बे पत्ता भएको निकै दिन हुँदा पनि नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई द बाब दिन आन्दोलन चर्काएका थिए । त्यहीबेला जिल्ला प्रहरी प्रमुख एसपी प्रबिणलाल श्रेष्ठको सरुवा भएको छ ।

माघ १९ गते रातिदेखि हराएकी उनको अवस्था अझै थाहा हुन सकेको छैन । सम्झना हराएको दुई दिन पछि उनकी सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झु न्डि ए को अवस्थामा फेला परेकी थिइन् ।

शवको पहिचान हुन बाँकी रहे पनि हराएकी सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी हराएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झु न्डि ए को अवस्थामा फेला परेकी थिइन् ।

स्थानीयले भने शव सम्झनाकै भएको बताएका छन् । गाउँमा अन्य व्यक्ति नहराएका कारण पनि शव सम्झनाकै हुनसक्ने उनीहरुको भनाइ छ ।

Related Articles

Back to top button