vada
News

विमान दुर्घटना हुँदा चालक सहित दश जनाको घ ट नास्थ लमै मृत्यु

जुबा, १९ फागुन – दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दु र्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृ त्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दु र्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ । उहाँले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृ त्यु भएको जानकारी दिनु भएको छ ।

यो पनि , दक्षिणी सुडानमा भएको साम्प्रदायीक दं गमा २० को मृत्यु

एजेन्सी । दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झ ड पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झ ड पमा उनीहरूको मृत्यु भएको बताए ।

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ । जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिं सा त्मक घटनाहरू भएका छन् । गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो ।

Related Articles

Back to top button