News
थप ६८८ जना कोरोना संक्रमणमुक्त, ७ हजार ४९९ जना निको भए : स्वास्थ्य मन्त्रालय
काठमाडौं- मंगलबार थप ६ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ७ हजार ४ सय ९९ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४६ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
सोमबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।