vada
News

सरिता गिरीलाई सांसद पदबाट हटाउन आफ्नै पार्टीको कार्यदलको सिफारिस

काठमाठौं । संघीय समाजवादी पार्टीको एक कार्यदलले सरिता गिरीलाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले मंगलबार पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरेकाले गिरीलाई सांसद पदबाट हटाउन सिफारिस गरेको हो ।

पार्टी संसदीय दलको निर्देशन र ह्वीप विपरीत नेपालको संविधान दोस्रो संशोधन विधेययक २०७७मा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको भन्दै कार्यदलले उनलाई सांसद पदबाट हटाउन सिफारिस गरेको हो ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि सरकारले ल्याएको संविधान संशोधन दोस्रो विधेयकको उनले विरोध गरेकी थिइन् ।

नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गर्दा भारतलाई नसोधको भन्दै संसदमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत उनले संसद्मा उपस्थित भएर संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक नै बहिष्कार गरेर निस्किएकी थिइन् ।

Related Articles

Back to top button