Breaking…कोरो’ना सं’क्रमित पत्रकारले अस्पतालको चौथो तल्लाबाट हा’म फा’लेर गरे दे’ह त्या’ग
भारतको दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा को’रोना भा’इरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हा’म फा’लेर आ’त्मह’त्या गरेका छन् । अस्पतालबाट हा’म फा’लेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्या’न बचाउन नसकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । स्रोतका अनुसार पत्रकार एक हिन्दी पत्रिकाका लागि काम गर्दथे ।
पूर्वोत्तर दिल्लीको भजनपुरामा बस्ने ३७ वर्षका पत्रकार तरुण सिसोडियालाई केही दिनअघि कोभिड–१९ को सं’क्रमणको पुष्टि भएको थियो । तत्पश्चात् उनी दिल्लीको एम्समा को’रोना वार्डमा भर्ना भएका थिए । स्रोतका अनुसार २४ जूनमा एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । पछि उनलाई हाई डिपेन्डेन्सी युनिटमा सारिएको थियो । एम्सका अनुसार उनी पहिलो तलमा सरेका थिए ।
घटना दिउँसो करिब २ बजेकोः
पुलिस उपायुक्त देबेन्द्र आर्यका अनुसार पत्रकारमा को’रोनाभा’इरसको सं’क्रमण देखिएपछि २४ जूनमा ट्रमा सेन्टको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।
अस्पताल प्रशासनका अनुसार घ’टना दिउँसो करिब २ बजेको हो । ‘तरुण सोमबार दिउँसो आफ्नो कोठाबाट भागे । त्यहाँ भएकाहरुले उनलाई रोक्न खोजे तर उनी अस्पतालको चौथो तलामा पुग। झ्यालको सीसा तोडे र हाम फाले,’ अस्पताल प्रशासनले जानकारी दिएको छ । पत्रकारको आ’त्मह’त्यापछि अस्पतालमा कोकोहोलो म’च्चिएको थियो । प्रहरी पुगेपछि स्थिती शान्त भएको थियो ।