News
गर्भवती तथा सुत्केरी महिलालाई को’रोना परीक्षणमा प्राथमिकता
काठमाडौं– सरकारले गर्भवती तथा सुत्केरी महिलालाई को’रोना परीक्षणको प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (मंगलबार) बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा को’रोना परीक्षण हुने प्रयोगशालाहरुलाई पत्राचार गर्दै गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राख्न निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले नेपालमा को’रोना संक्र’मि’तको संख्या बढ्दै गएसँगै गर्भवती तथा सुत्केरी महिलाहरु समेत प्रभावित भएको भन्दै को’रोना परीक्षण गर्नुपर्ने गर्भवती तथा सुत्केरी महिलालाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको हो ।
गर्भवती तथा सुत्केरी महिलाको स्वाब संकलन गर्नुपर्ने भएमा उनीहरुलाई प्राथमिकतामा राखी स्वाब संकलन गरेपछि स्वाब रहेको भाँडोलाई रातो फित्ता, डोरी वा रिबनले बाँधेर सम्बन्धि प्रयोगशालामा पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ ।