पहिरामा फसेकी महिलाको १८ घण्टापछि जीवितै उद्धार गरियो
तम्घास – गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।
उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए। खेतबारीको मकै लिन गएकी उनी फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।
दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् क्रिसी
सेलिब्रिटीहरू धेरैजसो सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छन् । धेरै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमा आफ्ना विचारहरु र तस्बिरहरु राखिरहेका हुन्छन् । कुनै यस्ता सेलिब्रिटीहरूपनि हुन्छन् जुन सामाजिक सञ्जालमा रमाउन चाहदैनन् । पछिल्लो समय केही सेलिब्रिटीहरु सामाजिक सञ्जालबाट टाटा हुन थालेका छन् ।
यस्तै हलिउडकी एक मोडल पनि अब सामाजिक सञ्जाल नचलाउने चएकी छिन् । हलिउडकी चर्चित मोडल क्रिसी टेगनले सामाजिक सञ्जालबाट ब्रेक लिएकी हुन् । खानपिनसँग जोडिएका कुरामा पुस्तक लेख्ने लेखक एलिसन रोमनसँग चलिरहेको झगडाबीच उनले सामाजिक सञ्जालबाट टाढा रहने बताएकी हुन् ।
केही महिनाअघि कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेकापछि फ्यानहरुले बचाउन कोसीस गरेका थिए । यसपछि यस बिषयले फरक मोड लिन थालेपछि उनले सामाजिक सञ्जालबाट टाढा रहने बताउकी हुन् । उनले भनेकी छिन् अहिले भएको यो नाटक मलाई मन परेन। मेरा सन्तानलाई पेट्री डिस बेबी भन्नु या मसँग कसैको नाम जोडेको मलाई ठीक लागेन। त्यसैले ब्रेक लिँदैछु।