vada
News

कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्षको निधन

३० चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।
मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।
सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।
माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button