vada
News

सुशान्त देह त्याग घटनामा यस कारण हुनसक्छ यि कलाकारलाई १० वर्षको जे’ल सजाय

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको देह त्याग घटनामा तीनवटा फिल्ममा अफर गरेर पनि काम नदिएका फिल्म निर्माता सञ्जयलिला भन्सारीसंग पनि प्रहरीले बयान लिएको छ । केही दिन उनलाई लिगल नोटिस जारी गरेकोमा भन्साली प्रहरीकहाँ पुगेर वयान दिएका छन् ।

उनले सुशान्तलाई तीनवटा फिल्मका लागि अफर गरेका थिए तर उनले सुशान्तलाई काम भने दिएनन् । भन्साली ती आठमध्येका एक हुन् जसकाविरुद्ध बिहारमा सुशान्तलाई देह त्याग गर्न बाध्य पारेको भन्दै उजुरी परेको थियो ।

भारतीय मिडियाका अनुसार भन्सालीले पहिला ‘गो’लियोंकी रासलीला’, ‘रामलीला’ फिल्मको अफर सुशान्तलाई गरेका थिए । पछि उनले त्यही फिल्म अभिनेता रणवीर सिंहलाई दिएका थिए । उनले ‘बाजिराव मस्तानी’ मा पनि यस्तै गरेको भन्ने चर्चा चलेको छ। यो फिल्ममा पनि पछि अभिनेता रणवीरले नै काम गरेका थिए ।

प्रहरीले यही विषय उपर रहेर भन्सालीसँग सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अधिवक्ता सुधीर कुमार ओझाले सञ्जयसँगै फिल्म निर्माता करण जोहर, आदित्य चोपडा, साजिद नाडियावाला, सलमान खान, भूषण कुमार, एकता कपुर र दिनेश विजनविरुद्ध मुजफ्फरमा उजुरी दिएका छन् ।

यी फिल्मकर्मीहरुले सुशान्तको फिल्म पनि प्रदर्शन हुन नदिने ओझाको आरोप छ । फिल्मसँग सम्बन्धित कार्यक्रममा पनि सुशान्तलाई नबोलाउने गरेको उनको आरोप छ । उनीहरुका यस्तै व्यवहारले निराश भएर सुशान्तले आ’त्मा ह’त्या गरेको उनले दिएको उजुरीमा उल्लेख गरेका छन् । ओझाका अनुसार आरोप सावित भएमा सबैलाई १० वर्षको जे’ल सजाय हुनेछ ।

सुशान्तको पोस्टमार्टम रिपोर्टमा देह त्याग नै भएको पुष्टि भइसकेको छ । तर, पनि पुलिस उनले किन आ’त्मा ह’त्या गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

गत जुन १४ मा सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा देह त्याग गरेका थिए । त्यसदिनदेखि यस मु’द्दा अहिलेसम्म ३० जना भन्दा बढीसँग सोधपुछ भइसको छ । उनको अपार्टमेन्टको कर्मचारीदेखि म्यानेजर, पीआर टिम, साथी, प्रेमिका र परिवारको सदस्यसँग प्रहरीले सोधपुछ गरेको हो ।

यशराज फिल्म्सको कास्टिङ डिरेक्टर सानु शर्माको पनि बयान लिइसकेको छ । उनका अलावा फिल्ममेकर शेखर कपुर र अभिनेत्री कंगना रनावतलाई पनि सोधपुछ गर्न सक्ने चर्चा छ । अभिनेत्री रनावतले सुशान्तको निधन पछि बलिउडमा व्याप्त नातावाद पनि प्रमुख कारण रहेको बताउँदै आएकी छिन् ।

उनको यो दावी पछि बलिउडमा निकै ठूलो वहस सुरु भएको छ । परिवारमा फिल्म निर्माता भएकाहरुका सदस्यलाई सामाजिक सञ्जालमा वहिष्कार अभियान सुरु भएको छ । धेरै कलाकार र फिल्म निर्माता समेतले सामाजिक सञ्जाल चलाउन छोडिसकेका छन् ।

Related Articles

Back to top button