vada
News

सिधा कुरा जनतासँग टिम अब सातै प्रदेश गरिब दिनदुखीको घरमा जाँदै

काठमाडौं / विश्वभर फैलिरहेको कोरोना भाइरस कारण नेपालमा पनि १६ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लामो समय मुलुकलाई लकडाउन घोषणा गरेपछि जनजीवन प्रभावित बन्न पुगेको छ ।

लकडाउन सुरु भएसँगै समस्यामा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभिजन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर गरिब दिनदुखी र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् : समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ।क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।

लाखौं दर्शकहरूले दिनु भएको माया,बिश्वास र भरोसालाई सहि मार्गमा रुपान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजनाहरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।

स्थिति सहज हुदा तपाईं हाम्रो दैलोमा गुनासो लिएर आउनु भो र आज स्थिति असहज हुदा हामी आफै तपाईंको गुनासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ।यात्रा आगामी आईतवारबाट प्रदेश एक मा।

Related Articles

Back to top button