vada
News

ज्ञानेन्द्र शाही चापागाँउ चौकीमा, जनताको लागी काम गर्दा लाग्यो ६ ओटा मुद्धा,[ भिडियो सहित ]

काठमाडौं, २३ असार । लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी रअभियन्ताहरुले त्यसको विरोध गरेका छन् ।

अभिभावकमाथिको ज्यादतीय तत्काल बन्द नगरे सडक संघर्ष सुरु गर्ने उनीहरुको चेतावनी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको भन्दै अभिभावकपनि यसबाट अछुतो नरहेको धारणा राखे । अधिवक्तासमेत रहेका मानवअधिकारकर्मी ईन्द्रप्रसाद अर्यालले यस्तो विषम परिस्थितिमा पनि अभिभावकसँग निजी विद्यालयहरुले शुल्क असुल्न खोज्नु दुःखद् भएको भन्दै त्यसको विरद्धमा आफूहरु एकजुट भएको बताए

Related Articles

Back to top button