vada
News

कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो, के थियो कसुर ?

जेठ ८, काठमाडौँ | पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिईएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो ।

कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो । चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको थियो । चौधरीले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गरेको थियो ।

उनलाई मृत्युईदण्ड दिने तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा हत्या गरिएका नागरिकको परीवारले चौधरीलाई माफी दिन अस्वीकार गरेको थियो ।

मृत्युदण्ड पाएका चौधरीको शव नेपाल पठाउनको लागि स्वीकृति समेत दिईएको छ ।

Related Articles

Back to top button