vada
News

कोरोना परीक्षणपछि एक्ल्याईएकाले कैलाशले अस्पतालबाटै हाम फालेर जीवन त्यागे, रिपोर्ट भने नेगेटिभ !

काठमाडौ । पछिल्ला दिनहरुमा कोरोना संक्रमणको आशंका हिनतावोध महसुस गर्दै जीवन त्याग गर्नेहरु बढ्दैछन् । नेपालमा मात्रै नभएर विश्वभर यो समस्या देखिएको छ । खास गरी जहाँ कोरोना भाइरस (कोभिड–१९) लाई एक सामाजिक बहिष्काका रुपमा लिने गरिन्छ । यस्तै एक दुःखद घटना भारत राजस्थानको जयपुरबाट आएको छ । यहाँ एक कोरोनाको संक्रमण भएको डरका कारण एक व्यक्ति आफ्ना आफन्त सबै प्रियजनहरूलाई उदास बनाउँदै यो संसारबाट विदा भएका छन् । अस्पतालका अनुसार यहाँका ७८ वर्षीय कैलाशले आफ्नो जीवन त्याग गरेका हुन् ।

उनको दिमागमा कोरोनाको डर यति धेरै थियो कि अस्पताल भर्ना भएको १३ घण्टापछि उनी अस्पतालको छानाबाट हाम फाल्न बाध्य भएका थिए । जानकारी अनुसार गम्भीर घाइते अवस्थामा उनलाई तत्काल आइसीयुमा लगियो, जहाँ उनलाई मृत्यु घोषित गरियो । वृद्धको मृत्युले मानिसहरूलाई कोरोनाको डरबाट मुक्त हुनुपर्ने ठूलो दबाब महसुस भएको छ ।मृतककी बुहारीले अस्पतालमा व्यवस्था ठीक नभएको आरोप लगाएकी छिन् । उनका अनुसार ससुरा धेरै रिसाएका थिए । ससुरासँगै उनीहरु पनि जान चाहन्थे, तर रोक्न बाध्यता बनाइयो । उनले भनिन्, ‘अस्पतालमा कुनै डाक्टर वा स्टाफ राम्रोसँग कुरा गर्दैनन् । हामीलाई सँगै बस्न अनुमति थिएन, भर्ना भईरहेको बेला उहाँ (ससुरा) धेरै दुःखी हुनुहुन्थ्यो ।’

जेठो छोरो राति उनलाई भेट्न आएका थिए । सबैलाई भेट्न मिल्दैन, तर कैलासको कम लक्षण र कुनै रिपोर्ट नभएका कारण छोरालाई भेट्न अनुमति दिइयो । यस पछि, छोरा घर गए । छोरोसँगको भेटपछि उनी डिप्रेसनमा आएर रातभर सुत्न सकेनन् । अस्पताल प्रशासन भन्छ, ‘हाम्रो अस्पतालमा पूर्ण सुरक्षा छ, वृद्ध बाथरूमबाट कुदेका थिए । आपतकालीन उपचारको क्रममा उनको मृत्यु भयो ।’

कैलाश कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति थिए । तर उनको मृत्युपछि आएको रिर्पोटमा उनी कोरोना संक्रमित पाइएनन् । उनी महामारीको डरले नकारात्मकताले घेरिएका थिए । उनलाई अस्पतालमा एक्लै छोडियो । उनको रिपोर्ट बुधवार बिहान नकरात्मक आयो । यसको अर्थ यदी उनी जिउँदो भएको भए बिहीबार (आज) डिस्चार्ज हुन्थे । छोरा र बुहारीका अनुसार बिरामी वृद्ध अस्पतालको व्यवस्था र स्टाफहरुले देखाएको व्यवहारका कारण दुःखी थिए ।

Related Articles

Back to top button