एउटै कोठामा बस्दै आएका श्रीमानमा को’रोना पोजिटिभ, श्रीमतीमा नेगेटिभ !
गोरखा : बिगत दुईसातादेखि एउटै क्वा’रेन्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्ये श्रीमानको को’रोना पोजिटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ। अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वा’रेण्टाइनमा गत असार नौ गतेदेखि सँगै बस्दै आएका दम्पत्तिमा फरक फरक रि’पोर्ट आएको हो।
अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वा’रेण्टाइनमा गत असार नौ गतेदेखि सँगै बस्दै आएका दम्पत्तिमा फरक फरक रि’पोर्ट आएको हो।
भारतीय सेनामा कार्यरत २२ वर्षीय श्रीमानको बुधबार पीसीआर रिपो’र्ट पोजिटिभ आएको हो। उनकी श्रीमतीको मंगलबार रि’पोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए। उनीहरु चितवनमा डेरा गरी बस्ने गरेका थिए।
त्यस्तै बुधबार भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका अर्का एकजनामा पनि को’रोना पोजिटिभ देखिएको छ। गत असार नौ गते कतारबाट आएर सरस्वती प्रावि क्वा’रेण्टाइनमा बसेका ३० वर्षीय उनमा को’रोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।