vada
News

लामो समयदेखिको लकडाउनले मा’र पारिरहेको बेलामा नेपाल सरकारले दियो एस्तो खुशीको खबर !!

संसदको विकास तथा प्रविधि समितिले आवश्यक सुरक्षा विधि अपनाएर ट्याक्सी यातायात सञ्चालन गर्न निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठन सरकारले आफैले तयार पारेको मापदण्ड अनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् ।

बुधबार यातायात व्यवसायीसँग छलफल गर्दै समितिले सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले यातायात व्यवसायी र मजदुर संगठनसँग कोभिड १९ का कारण लकडाउनमा र त्यसपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेको हो। यातायात व्यवसायीले सार्वजनिक यातायात नखोले आन्दोलन गर्ने चेतावनी समिति बैठकमै दिएपछि समितिले उक्त निर्देशन दिएको हो।

खासगरी मजदुर संगठन र व्यवसायी संगठनका पदाधिकारीले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थिति सृजना भएको, व्यवसायीले बैंकको ऋण तिर्न नसकेको लगायतका गुनासाहरु समितिमा गरेका थिए।

त्यस्तै सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) र भौतिक मन्त्रालयसँग आगामी बैठकमा समितिले छलफल गर्ने जनाएको छ। अर्को बैठक २५ गतेका लागि तोकिएको छ।

केही दिनअघि मात्रै ट्याक्सी व्यवसायीहरुले सडकमा ट्याक्सी गुडाएर आन्दोलन गरेका थिए। उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। लकडाउन केही खुकुलो भएसँगै प्रशस्त मात्रामा निजी सवारीसाधन चल्नथालेका छन्।

Related Articles

Back to top button