vada
News

रिंगटाले ढलेकी महिलालाई संक्रमित भन्दै चलिरहेको बसबाट फ्याँके, घटनास्थलमै मृ*त्यु -सबै यात्रु दर्शक मात्र बने

काठमाडौ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसलाई लिएर केही यस्ता घटनाहरु पनि भएका छन्, जुन पत्याउन गाह्रो हुन्छ । कोरोना भाइरस अर्थात कोभिड–१९ डरका कारण एक महिलाले आफ्नो जीवन गुमाउनु परेको छ । बस चालक र सहचालकले उनलाई कोरोना संक्रमित भएको आशंका गरेर उत्तर प्रदेशको मथुरा टोल प्लाजा नजिकै चलिरहेको बसबाट बाहिर फ्याँकिदिएका थिए । जहाँ उनको मृत्यु भएको हो ।

जानकारी अनुसार युवती पूर्वी दिल्लीको मन्डलवी क्षेत्रकी थिइन । किशोरीका आफन्तले भने कि कोरोना परीक्षणपछि उनलाई दिल्लीबाट उत्तर प्रदेशका लागि पठाइएको थियो । उनको कोरोना परीक्षण नतिजा नकारात्मक आएको थियो । परिवारले दिएको जानकारी अनुसार मृगौलासँग सम्बन्धीत स्वास्थ्य समस्याका कारण उनी कमजोर भएकी थिइन् । कमजोर स्वास्थ्यका कारण बसमा यात्रा गर्दै गर्दा उनलाई रिंगटा चल्यो, तत्काल उनी ढलिन् र राम्रोसँग यात्रा गर्न सकिनन् ।

यति भएपछि चालक र सहचालक सहित यात्रुहरुले मानवता बिर्सेर उनलाई कोरोना भाइरस संक्रमित घोषित गरेर बसबाट बाहिर फाल्दिए । जानकारी अनुसार बसमा आमाछोरी यात्रा गर्दै थिए । बसबाट छोरीलाई निकाल्दै गर्दा छोरीको आमाले उनलाई तान्न यथाशक्य कोशिश गरिन् तर उनी सहचालकको शक्तिको सामु निरही बन्नुपर्यो । सहचालकले चल्दै गरेको बसबाट ति महिलालाई बसबाट बाहिर फ्याँके, टाउकोमा गम्भीर चोट लागेकी मृगौला रोगी महिलाको घटनास्थलमै मृत्यु भयो ।

आमाले छोरीका लागि हारगुहार गर्दा बसमा सवार कसैले उनलाई मद्दत गरेनन् । साथै, मथुरा प्रहरीले यस सम्पूर्ण घटनामा अनुसन्धान थालेको जानकारी दिएको छ । आमामाथि कुनै प्रकारको हमला भएको छैन । पुलिसका अनुसार पीडितलाई सामान्य यात्रीले जस्तै निकालिएको थियो । प्रहरीका अनुसार विवादको कुनै प्रमाण प्राप्त भएको छैन । प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । News Link

Related Articles

Back to top button