vada
News

सन्दिप क्षेत्रीको भिडियो हेरेर कोठामा गएर एक्लै रोएँ”,अभिनेत्री सरीता लामीछानेले भनिन्(भिडियो हेर्नुहोला)

सरिता लामिछाने नेपाली चलचित्र क्षेत्रकी एक कुशल र प्रभावशाली कलाकार हुन्। तुलसी घिमिरेद्वारा निर्देशित धारावाहिक मुक्तीमा पहिलोपटक अभिनय गरेपछि कलाकारितामा उनको नाम अझै प्रख्यात भएको थियो। उनै अभिनेत्री सरिता लामीछाने केही समय पहिले आफू र परीवारका सदस्यहरू सहित कोरोनाबाट संक्रमित भएकि थिइन्।

सरिता लामीछानेले News Filmy च्यानेल मार्फत भनेकी छिन्,कोरोना उनको लागि यति धेरै पीडादायी क्षण बन्यो कि उनी कल्पनासमेत गर्न सक्दिनन्।पहिले उनलाई सुख्खा खोकी जस्तो लाग्या थियो र निरन्तर रुघा पनि लागेको कारणले उनलाई शंका लागेर परीक्षण समेत गर्न गएकि थिइन्।त्यसपछि डाक्टरले उनलाई सामान्य रुघाखोकी पनि हुनसक्छ भनेर औषधि दिएका थिए। तर उनलाई संक्रमणले झन्झन् च्याप्दै गइरहेको थियो। त्यसपछि उनको श्रीमान ऋषि लानीछाने पनि बिरामी हुन थालेपछि उनी पुन चेक अप गराउन जाँदा आफू संक्रमित भैसकेको थाहा पाइन्।

उनले त्यसपछि श्रीमान ऋषि लामीछानेलाई पनि परीक्षणका लागि लगिन् र उहाँलाई पनि संक्रमित भएको पाइन्।अनि उनले आफूहरू सँग बस्दै आएका छोराछोरी लाई पनि कोरोना सकारात्मक देखिएपछि डाक्टरहरूको नियमित परामर्श लिँदै होम आइसोलेशनमा बस्ने निर्णय गरीन्। उनका अनुसार उनले भोगेको लक्षण र श्रीमानले भोगेको लक्षण पनि फरक फरक थियो। उनको श्रीमान पहिले देखि कै सुगर,प्रेसरको बिरामी भएका कारण उनी झन् चिन्तित थिइन्।

उनी भन्छिन्,”यो बेलाको हामीले भोगेको पीडा म शब्दमा पनि व्यक्त गर्न सक्दिन।हस्पिटलमा फोन गर्‍यो सबै प्याक छन्।कहिँ कतै खुला भेटिएका अस्पतालमा पनि भेन्टिलेटर र अक्सिजनको अभाव छ। औषधि खानको लागि पनि कुनै विशिष्ट औषधि कोरोनाकै लागि बनाएको पनि छैन।लक्षण अनुसार रुघाखोकी,ज्वरो जस्तोको औषधि खानुपर्छ। धेरैलाई आफूले खाएको स्वाद हराएपनी आफूलाई चाहिँ त्यसो नभएको हुनले बताइन्।यद्यपि आफूले भोगेको पीडा भने असाध्यै नराम्रो रहेको उनले बताइन्।

उनले अन्तरवार्ताका क्रममा सम्पूर्ण उनका शुभचिन्तकहरू लाई सबैलाई घरमै सुरक्षित बस्न अपिल गरेकी छिन्।कोरोना केही होइन भन्दै नजर अन्दाज नगरौं,अहिले हामी सुरक्षित रहन सके मात्र आफ्नो परीवारको खुसी हुनसक्ने भन्दै आग्रह गरेकी छिन्।आफू नभए पनि परीवारका लागि बाँच्नुपर्ने उनको धारण रहेको छ।उनै सरीता लामीछानेसँग गरेको कुराकानीलाई तलको भिडियो मार्फत हेर्नसक्नुहुनेछ।धन्यवाद!

Related Articles

Back to top button