vada
News

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, खाद्यान्न र तरकारी पसल पनि बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप भएको छ ।

उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलवार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा थप कडाइ गर्दै खाद्यान्नका पसल र तरकारी पसल पनि एक साता पूर्ण ठप्प गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

एक हप्ताका लागि खाद्यान्नको जोहो गरिराख्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो । त्यसका लागि अझै दुई दिन समय बाँकी रहेको उहाँको भनाइ छ । खाद्यन्न पसल र तरकारी पसल सबै एक साता बन्द गर्दा संक्रमण रोकिने आकलन गरिएको पराजुलीले बताउनुभयो ।

Related Articles

Back to top button