vada
News

‘मेरो पनि शिल्पा पोखरेलको कानको जाली फुटाएजस्तै हाल भयो भने’

काठमाडौं । अहिले सामाजिक सञ्जालमा कलाकारहरुले आफुलाई परेको समस्याका बारेमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न थालेका छन् ।

काम गर्ने क्षेत्रमा भएका अप्ठेरा अनुभव सार्वजनिक गर्ने क्रममा केही विवादित समेत बनेका छन् । लकडाउनका कारण सबै अहिले फुर्सदिला भएका छन् । कामको चटारोमा भएका बेलामा आफ्ना समस्या सार्वजनिक गर्न नपाएकाहरुलाई अहिले लकडाउन सुनौलो अवसर बनेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म क्षेत्रमा लागेको ५ वर्षमा आफुले भोगेको समस्याका बारेमा सार्वजनिक अभिब्यक्ति दिएपछि नेपाली सिने क्षेत्रमा वहस सुरु भएको छ । उनले अभिनेता तथा फिल्म निर्माता भुवन केसीले दुब्यवहार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिन् ।

त्यस पछि उनको पक्ष र विपक्षमा वहस सुरु भएको हो । अहिले अर्की गायीका ज्याती मगरले पनि आफु निकै समस्यामा रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै उनले धेरै वर्ष देखि आफु निदाउन समेत नसकेको बताएकी छन् । तर त्यसको कारण सार्वजनिक गर्दा उल्टै हाँसोको पात्र बन्न सकिने भन्दै चिन्ता ब्यक्त गरेकी छन् ।

जसरी अभिनेत्री शिल्पा पोखरेलले आफु माथि भएको हिँ’साका बारेमा सार्वजनिक गर्दा उनलाई नै सामाजिक सञ्जालमा गलत टिप्पणी गरिएको थियो । सोही प्रसंग उठाउँदै ज्योतीले आफुलाई पनि त्यस्तै हाँसोको पात्र बनाइने डरले सार्वजनिक नगरेको बताएकी छन् ।

ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा विवादित नाम हो। उनी गाउन त गाउँछिन्, त्यो भन्दा बढी उट्पट्याङ र अ’श्लील गतिविधिले चर्चामा आउने गरेकी छन् । तर उनले पछिल्लो घटनाक्रमलाई भने उनले गम्भिर रुपमा लिएको बुझ्न सकिन्छ ।

आफ्ना समस्या बाहिर ल्याउँदा अभिनेत्री शिल्पा पोखरेलको जस्तै आफ्नो पनि हालत हुने भन्दै उनले चिन्ता समेत व्यक्त गरेकी छिन्। शिल्पाको उनका पति एवं निर्देशक छविराज ओझाले कानको जाली फुटाएपछि मु’द्दा प्रहरीसम्म पुगेको थियो। आफूमाथि भएको दु’र्व्यव’हार बाहिर ल्याउँदा शिल्पाले थप या’तना खेप्नुपरेको थियो।
उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन्,

५, ७ बर्ष भयो होला म राम्रो संग सु’तेको छैन।।। अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आत्महत्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो यदि तिमी कुनै समस्यामा छौ भने मलाई शेयर गर म तिम्रो समस्या समाधानका लागि साथमा हुनेछु ।

मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्।।।तर म भन्न सकिराको छैन कतै मेरो समस्या ‘सिल्पा पोख्रेल’ को कान को जाली जस्तै फेसवुकमा मा रैला गर्ने बाटो मात्रै बन्यो भने ??? कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने ???

सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला।।।।प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो इन्बक्समा मा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ।।।

Related Articles

Back to top button