vada
News

म त निको भएँ श्रीमती तिमीलाई बचाउन सकिन, जिवनका धेरै रहर अधुरै भए’

काठमाडौ । नुवाकोटमा संक्रमित भएका कारण एक शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ स्थित देउराली माविकी शिक्षिका पत्नुकुमारी थोकरको उपचारको क्रममा त्रिशुली अस्पतालमा आज बिहान मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती लामाले जानकारी दिनुभएको छ ।

संगै संक्रमित भएका श्रीमान श्रीमतीहरु मध्य श्रीमानले संगै उपचार गराइरहेकी श्रीमतीलाई गुमाउनुभएको हो । श्रीमती गुमाएपछि सामाजिक सञ्जालमा उहाँले निकै भावुक भएर स्टटास लेख्दै दुख ब्यक्त गर्नुभएको छ । उहाँलेअ आफ्नो रिपोर्ट नेगेटिभ आउँदा श्रीमतीलाई बचाउन नसकेकोमा निकै दुख ब्यक्त गर्नुभएको छ ।

सङ्क्रमित शिक्षिका थोकरको स्वास्थ्यमा समस्या देखिएपछी एम्बुलेन्समार्फत त्रिशुली अस्पतालमा ल्याएर इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आइसीयुमा अनि तीनदिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको शनिवार बिहान निधन भएको उपाध्यक्ष लामाले वताउनुभयो ।

रिपोर्ट पोजेटिभ देखिएका मृ त कका श्रीमान स्थानिय समाजसेवी बिगेन्द्र वाईवा तामाङको भने रिपोर्ट नेगेटिभ आएको छ । यो संगै नुवाकोटमा संक्रमित भएका कारण २२ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा अहिले १ हजार २ सय १७ जना सक्रिय सङ्क्रमित रहेको र आजसम्म एकहजार ९ सय २३ जना सङ्क्रमित उपचार पछि निको भएको कार्यालयले जानकारी दिएको छ ।

Related Articles

Back to top button