vada
News

दुखद खबर: बसले ठक्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृत्यु, मनमा मायाँ भए RIP लेख्नु होला !

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी
तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा
नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका
प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति
ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

ठ’क्कर दिने बसका चालक फ’रार रहेका छन् भने दु’र्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय
पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दु’र्घटना
हुन गएको खु’लेकोमा यसबारे अ’नुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

यो पनि पढ्नुहोस : झुठा र निकृष्ट लाञ्छना सहन्न, अब दुईमध्ये एक हट्नै पर्छ : ओली !

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको विवाद झनै बल्झिने देखिएको छ । हिजो (बुधवार) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको चर्को आलोचना गर्दै अर्को प्रस्ताव ल्याउने बताएपछि दुईपक्षबीचको विवाद पत्राचार, प्रस्ताव हुँदै अब पार्टी कमिटीहरुतर्फ मोडिएको छ । आफूले राजनीतिक प्रस्ताव तयार गर्न १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै प्रचण्डको प्रतिवेदनले झुठा र निकृष्ट लाञ्छना लगाइएको भन्दै सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । ओलीको चेतावनीपछि नेकपाभित्रको विवादले नयाँ मोड लिने देखिएको छ । आफूविरूद्ध एक पक्षीयरूपमा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि चिढिएका ओलीले बुधबारको बैठक सार्न खोजे पनि अन्ततः असफल भए । एकपक्षीय रूपमा सरकार सञ्चालन गरेको आरोप खेपेपछि बहुमत सचिवाय सदस्यको घेराबन्दीमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा पनि लचकता भने देखाएनन्।

राजनीतिक प्रस्तावका लागि १० दिनको समयावधि मागेका ओलीले बुधबारको बैठकको सुरूवातमा सम्बोधन गर्दै झुठा र निकृष्ट लाञ्छना लगाइएकाले सहेर नबस्ने चेतावनीसमेत दिएका छन् । दाहालले गत शुक्रबार सचिवालयमा दर्ता गराएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको उनले बताएका छन् । उनले उक्त प्रस्तावलाई राजनीतिक प्रस्ताव नभएर आफ्नो राजनीतिक जीवन समाप्त गर्ने ‘अभियोगपत्र’ आएको बताएका हुन्। यस्तो छ ओलीले सचिवालयमा गरेको सम्बोधनको पूर्णपाठको सम्पादित अंश – आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । बैठक धेरै जटिल मोडमा छ । पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन । हामी पनि गुज्रिराखेका छैनौँ । म एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुराहरू, जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ।

तर, ती आरोपहरू अनुत्तरत हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुपर्‍यो ? वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै, अगुवाइ उहाँको भएको हुनाले, अर्का अध्यक्षलाई पत्र लेखेँ । र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविकरूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ । त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो।

अरू साथीहरूलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो, यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ । मैले अस्ति दुई जना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ र भनेँ कि यसको छिनोफानो नभइकन, यी आरोपहरूसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नु पर्‍यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो तर यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नु पर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन।

तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनु पर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्‍यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो । अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरू खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ । अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुई वटैबाट हटाउने तयारी पनि गरिएको छ । हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ?

किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ । अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् । म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन । जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरूमा पछि छलफल गरौँला । आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु । र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्णरूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखितरूपमा नै प्रस्तुत गर्नेछु।

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्काउने ? धम्काएर कोही डराउँदैन भन्नु भयो । अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलानजस्तो लाग्दैन । कोही पनि डराउदैनन् । यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलानजस्तो लाग्दैन । तर सबै शूरैशूरा हुँदाखेरि शूरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिले चाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनु पर्छ, त्यसो नगरिकन अगाडि जान सकिदैँन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरू कसैको थिएन।

कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरू लगाइएका छन् र जुन लाञ्छनाहरू लगाइएका छन्, ती हल्का ढंगले लगाइएको रूपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस गर्नुस् । अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरू पुगेका छैनन् भन्ने कुराहरू त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि !

मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै । धन्यवाद।

Related Articles

Back to top button