vada
News

असोजमा विवाह गरेकी महिलाले जब कोरोनाबाट श्रीमानको मृत्यु भएको खबर सुनिन् पोछि के भयाे ?

१६ जेठ, काठमाडौं । बाजुराकी बेपत्ता भएकी भनिएकी एक महिला मृत फेला परेकी छिन्। जिल्लाको छेडेदह गाउँपालिका -७ की सरिता रावत आफ्ना श्रीमान सुरेश कठायतको मृत्युको खबर सुनेपछि बेपत्ता भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कोरोना भाइरस संक्रमित उनका श्रीमानको यही जेठ २ गतेबाट डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

शनिबार सुरेशको मृत्यु भएको थाहा पाएपछि सरिता बेपत्ता भएकी थिइन्। बिहानैदेखि बेपत्ता सरिताको खोजी गर्दा साँझ आ-त्म-ह-त्या गरेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका ५ स्थित सुगरखाल वनमा रुखमा झु-ण्डि-ए-को अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सो वन अस्पतालबाट डेढ सय मिटर भित्र पर्ने बताइएको छ। महिलाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

स्थानियका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए। सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Related Articles

Back to top button