vada
News

आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ भएपछि डाक्टर पनि अचम्मित

एजेन्सी । सामान्यतया संक्रमित आमावाट जन्मिएका बच्चाहरुमा संक्रमण देखिदैन । तर भारतको बनारसमा भने फरक घटना भएको छ । रिपोर्ट नेगेटिभ रहेकी महिलाले जन्माएको बच्चा संक्रमित भएको देखिएको छ । संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा संक्रमण देखिए पछि चिकित्सक अचम्ममा परेका छन् ।

जन्मनासाथ बच्चाको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणको क्रममा बच्चामा भाइरस देखिएको हो । सुत्केरी गराउनुभन्दा पहिला २६ वर्षीय आमाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो ।

२५ मेइमा महिलाले एक बालिकालाई जन्म दिइन् । चिकित्सकहरुले ती शिशुको परीक्षण गरे । तर अचम्म लाग्ने परिणाम देखियो । आमा नेगेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पोजेटिभ देखियो । यद्धपी शिशुको स्वास्थ्यमा भने त्यस्तो ठूलो समस्या देखिएको छैन । अस्पतालले केही दिनभित्र फेरि दुबैको परीक्षण गर्ने जनाएको छ ।

एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घटना नभएको भएपनि आफुहरुलाई अचम्म बनाएको प्रतिकृया दिएका छन् । महिलाको आरटी पिसिआर परीक्षण गरिएको र उनको एक्युरेसी ७० प्रतिशतसम्म थियो । अहिले आमा र नवजात शिशु दुबैको अवस्था ठिक छ । उनीहरु दुबै स्वस्थ छन् ।

संक्रमणमुक्त भएपछी पनि युवा संघ नेपालका केन्द्रीय सचिवकी जिवनसङ्गिनी प्रतिक्षा अर्यालको असामयिक निधनह्वात्तै घटे संक्रमित, झण्डै ११ हजारको परिक्षण गर्दा आइतवार संक्रमित हुनेको संख्या यस्तो छ

Related Articles

Back to top button